तुलसीपुर,असार ३ । तुलसीपुर उपमहानगरपालिका वडा नं १८ हेमन्तपुरमा बृहत जेष्ठ नागरिक तथा महिला रोग बिशेषज्ञ निशुल्क स्वास्थ्य शिविर भएको छ ।
आइतवार तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रर्वद्धन शाखाको आयोजना मा तुलसीपुर –१८ हेमन्तपुर स्वास्थ्य केन्द्रमा उक्त शिविर भएको हो ।
शिविरको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले गरेका हुन ।
त्यस अवसरमा स्त्री तथा महिला रोग बिशेषज्ञ डाक्टरहरुबाट पाठेघरको क्यासर जाँच सहित नाक,कान,घाँटी, आँखा,दन्त तथा मुखस्वास्थ्य,विषेशज्ञ सर्जनबाट स्कनिङ साथै अन्य किशोर किसोरी मैत्री सेवा,ल्याब सेवाहरु प्रदान गरिएको छ । शिविरबाट करिब २ सय बढीले सेवा लिएका छन ।
कार्यक्रममा तुलसीपुर – १८ भित्रका ३० जना जेष्ठ नागरिकलाई सहाराको लागि टेक्ने लौरो बितरण गरिएको छ । जेष्ठ नागरिक ,महिला, असाहायहरुका लागि राज्य छ भन्ने सन्देश पु¥याउने भावले लठ्ठी बितरण गरिएको नगरप्रमुख टिकाराम खड्काले बताए । 
तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष माधव वलिको अध्यक्षतामा भएको कार्यक्रममा जनस्वास्थ्य प्रर्वद्धन शाखाका प्रमुख ओमपी न्यौपानेले स्वागत गरेका थिए भने कार्यक्रमको सहजीकरण शाखाका सिहेव अधिकृत बिष्णु कुमार गिरीले गरेका थिए ।
