२०८३ बैशाख १५ गते मङ्गलवार

नेपालभित्रै गुणस्तरिय शिक्षाको प्रवर्धनमा सरकार लागेको छ ः प्रधानमन्त्री प्रचण्ड

तुलसीपुर,जेठ ३१ । दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा पाँचौं दीक्षान्त समारोह भएको छ । विविध कारणले १२ वर्षसम्म रोकिएको दीक्षान्त समारोह बुधवार एक कार्यक्रमका बिच सम्पन्न भएको हो ।

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले नेपालभित्रै गुणस्तरीय शिक्षाको विकास एवम् प्रवद्र्धनका लागि विश्वविद्यालयबीच प्रभावकारी समन्वय र प्रतिस्पर्धालाई बढावा दिन चाहेको बताएका छन ।

उनले विश्वविद्यालयको अध्ययन अध्यापनलाई अनुसन्धानमा आधारित बनाउन सरकारले स्पष्ट योजना अगाडि सारेको बताए । नेपालकै दोस्रो ठुलो विश्वविद्यालयले पौरस्त्य मूल्यमान्यता,संस्कार,संस्कृति र आदर्शको सम्बर्धन एवम विकासमा दिएको योगदान प्रशंसनीय रहेको बताए ।

संस्कृत भाषा प्राचिन भाषा मात्र नभई प्राच्य दशएन र चिन्तनको अपार ज्ञानभण्डार रहेको उनले बताए ।

उनले विश्वविद्यालयका कार्ययोजनाहरुलाई सघाउन सदैव तयार रहेको पनि प्रतिबद्धता जनाए । प्रधानमन्त्री दाहालले मुलुकमा समृद्धिको बिहानी ल्याउन आमजनतालाई सशक्त र एकताबद्ध तुल्याउन आवश्यक रहेको बताए ।

उनले जनताको जिवनस्तर माथी उठाउन,देशलाई मर्यादित,विकसित र अग्रगामी दिशामा अघि बढाउन र आत्मनिर्भर तुल्याउन शिक्षण संस्थाहरुको महत्वपुर्ण भुमिका हुने औँल्याए ।

विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, छात्रछात्रा र सम्पूर्ण शुभचिन्तक राजनीतिक आस्था एवम् दलगत अभ्यासदेखि माथि उठेर शैक्षिक तथा प्राज्ञिकस्तर अभिवृद्धि गर्न समर्पित हुनु जरुरी रहेको बताए । साथै उनले नेपाल भारतबिच दुई असल छिमेकीको सम्बन्ध मात्र नभई खुल्ला सिमाना र एतिहासिक सांस्कृतिक सामिप्यका कारण जनस्तरमै गरिहो सम्बन्ध रहेको प्रष्ट समेत पारे ।

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका प्रध्यापक डाक्टर हरेराम त्रिपाठीले संस्कृत साहित्यले हाम्रो गौरवपुर्ण संस्कृतिको बोध गराउने बताए । उनले शिक्षाको उद्देश्य कितावी ज्ञान प्राप्त गर्नुमात्र नभई शिल निबन्धन,व्यक्तित्व संभरण,आत्मविकास र मन प्रवोधलाई पनि महर्षिहरुले शिक्षाको रुपमा उपदिष्ट गरेको बताए ।

त्यस्तै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं संस्कृत विश्वविद्यालयका सहकुलपति अशोककुमार राईले विविध कारणले १२ वर्षसम्म विगतका वर्षहरुमा दीक्षान्त समारोह आयोजना नसकेतापनि आगामी वर्षहरुमा नियमितरुपमा दीक्षान्त समारोह आयोजना गरिने बताए ।

संस्कृत वाङ्मयभित्र रहेको ज्ञानलाई आुधुनिक विधि र प्रविधिकामाध्यमबाट युगसापेक्षा,समाजउपयोगी र जीविकामुखी बनाउँदै लैजानुपर्ने बताए । उनले हरेक राष्ट्रको पहिचान त्यस देशको धर्म,संस्कृति र सभ्यतासगं जोडिएको हुने बताए । ‘हाम्रो देशमा अनादिकालदेखि चलिआएका रितिरिवाज संस्कृति र सभ्यताहरु सबै संस्कृत वाङ्मयसगं जोडिएका छन,र यो संस्कृत विश्वविद्यालयसगं जोडिएको छ,उनले भने । ’


दीक्षान्त समारोहमा नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीका उपकुलपति प्राध्यापक डा. यादवप्रकाश लामिछानेले शास्त्री तहको पाठ्यक्रम २२ वर्षपछि परिमार्जन गरी कार्यान्वयनमा ल्याएको बताए । उनले आयुर्वेद स्नातक तह कक्षा विएएमएस सञ्चालनमा ल्याएको र स्थापत्य शास्त्र अध्यापनका लागि पाठ्यक्रम तयारी अवस्थामा रहेको बताए ।

साथै उनले एकिकृत प्राकृतिक चिकित्सा अस्पताल र आयुर्वेद जडिबुटी उद्यान निर्माणका लागि प्रक्रिया अघि बढाइएको पनि बताए ।

दीक्षान्त समारोहमा प्रधानमन्त्री दाहालले २०६७ सालदेखि २०७६ सालसम्म शास्त्री, एक वर्षे शिक्षा शास्त्री, आयुर्वेद स्नातक तह(विएएमएस), आचार्य र विद्यावारिधि उत्तीर्ण गरेका ४ हजार सात सय ७३ जनामध्ये दीक्षितका लागि आवेदन दिएका ५ सय ७५ जना विद्यार्थीहरू सामुहीक रुपमा दीक्षित गरेका थिए भने ६२ जनालाई मेडल र प्रमाणपत्रले दीक्षित गरेका थिए ।

प्रकाशित मिति : २०८० जेष्ठ ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *