२०८२ चैत्र १ गते आइतवार

नेसंविमा १२ बर्षपछि भोलि हुन थालेको दीक्षान्त समारोह

तुलसीपुर , जेठ ३० । दाङ तुलसीपुरको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको १२ वर्ष पछि बुधबार पाँचौं दीक्षान्त समारोह हुने भएको छ ।


समारोहको सम्पूर्ण तयारी पुरा भइ सकेको विश्वविद्यालय प्रशासनले जानकारी दिएको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्ड दीक्षान्त समारोहमा अध्यक्षता ग्रहण गर्न आउने छन् ।

समारोहमा शिक्षामन्त्री अशोककुमार राइ, संचार मन्त्री रेखा शर्मा, लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन ,मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेशका सबै मन्त्रीहरु, पूर्व मुख्यमन्त्री र जिल्लाबाट निर्वाचित निर्वतमान र पूर्व प्रतिनिधिसभा, प्रदेशसभालाई निम्ता गरिएकाछ ।

१२ बर्षको अबधिमा विश्वविद्यालयबाट चार हजार सात सय ७३ जना बिद्यार्थी उत्तिर्ण भएका छन् । ती मध्य पाँच सय ७५ विद्यार्थीले मात्रै दीक्षित हुन पाउँ भनी निवेदन दिएका छन् ।

समारोहमा यो अबधिमा उत्कृष्ट नतिजा हासिल गर्ने ६२ जना बिद्यार्थीलाई स्वर्ण पदकले सम्मान गर्न लागिएको छ ।

दीक्षान्त समारोह बुधबार बिहान ११ बजेपछि तुलसीपुर – १७ बेलझुण्डीस्थित विश्व विद्यालयको केन्द्रीय कार्यालय प्राङगणमा सुरु हुने छ ।

विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. यादबप्रकाश लामिछाने शुक्रबार दाङमा पत्रकार सम्मेलन गरि पाँचौं दीक्षान्त समारोह गर्न थालेको बारे जानकारी दिएका थिए ।

२०५४ साल यता दीक्षान्त समारोह आयोजना गर्दै आएको विश्वविद्यालयले पछिल्लो समय २०६७ मा चौथो दीक्षान्त समारोह आयोजना गरेको थियो । त्यसयता दीक्षान्त समारोह हुन सकेको थिएन ।

प्रकाशित मिति : २०८० जेष्ठ ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *