२०८३ भाद्र ११ गते बिहिवार

सरकारी छाप र दस्तखत दुरुपयोग गरि चोरीका मोटरसाइक बेच्ने तीन युवक पक्राउ


तुलसीपुर, बैशाख ३ ।
सरकारी सही छाप दुरुपयोग गरि चोरीका मोटरसाइकल बिक्री वितरण गरेको अभियोगमा तीन युवा पक्राउ परेका छन् ।
पक्राउ पर्ने तीनै जना सल्यानका हुन । सल्यानको बागचौर नगरपालिका – २ बागचौरका २० बर्षीय दीपक भण्डारी, सोही ठाउँका १९ बर्षीय सरोज घर्ती मगर र १९ बर्षकै राजन बिष्ट छन् ।
उनीहरुको साथबाट बा.प.्र०२–०४६ प ३३३२ नम्बरको सवारी दर्ता किताब १ थान, यातायात ब्यबस्था सेवा कार्यालय वीरेन्द्रनगर सुर्खेतको डिजिटल छाप १ थान, रा २ प ३११५ नम्बरको सवारी दर्ता किताब १ थान र उनीहरुले प्रयोग गर्दै आइ रहेको बा.प्र.०२–०४५ प १७३० नम्बरको मोटरसाइकल १ थान बरामद भएको दाङका प्रहरी प्रबक्ता डिएसपी रेशम बोहराले जानकारी दिएका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका – ५ माछापुछ«े टोलको थारमारे भण्डारीमा केही ब्यक्तिहरुले सरकारी छाप र दस्तखतको किर्ते गरि चोरीको मोटरसाइकल बिक्री बितरण गरि रहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले बैशाख १ गते दिउँसो उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका ब्यक्तिहरुलाई बुधबार जिल्ला अदालत बाट ५ दिन थुनामा राखेर घटना अनुसन्धान गर्न अनुमति प्राप्त भएको डिएसपी बोहराले बताए ।

प्रकाशित मिति : २०८३ बैशाख ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *