
दाङ, बैशाख ३ ।
पाल्पास्थित कालीगण्डकीमा बगेर बेपत्ता दुवै जना युवाको शब फेला परेको छ ।
जिल्लाको बगनासकाली गाउँपालिका– ९ चापपानीका ३९ वर्षीय शरण भुषाल र २९ वर्षीय तोयनाथ बस्यालको शब नदीमा फेला परेको हो ।
नयाँ बर्षको दिन बेलुकी पख उनीहरु बगनासकाली गाउँपालिका– ७ दैलातुङस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका थिए ।
जिल्ला प्रबक्ता डिएसपी होमप्रकाश चौधरीले बैशाख २ गते बिहान तोयनाथको र शरणको शव बिहीबार बिहान ८ बजे नदीमा फेला परेको जानकारी दिए ।
प्रकाशित मिति : २०८३ बैशाख ३ गते बिहिवार
