२०८३ भाद्र ११ गते बिहिवार

संघीय सरकारले दिशा निर्देशन दिन भएपनि ठाडो निर्देशन दिन मिल्दैन – मुख्यमन्त्री आचार्यसक्ने


तुलसीपुर, चैत ३० ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले दिशा निर्देशन दिन सक्ने भएपनि ठाडो निर्देशन दिन नमिल्ने बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाको ३४ औं स्थापना दिवसको अबशरमा सोमबार तुलसीपुरमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय सरकार संविधानअनुसार स्वायत्त भएको बताए ।

उनले संघीय सरकारले दिशा निर्देशन दिन सक्ने भएपनि ठाडो निर्देशन दिन नमिल्ने बताए । उनले संघीय सरकारले प्रदेश र स्थानीय सरकारमाथि अनावश्यक हस्तक्षेप नगर्न आग्रह गरे ।
उनले ठाडो हस्तक्षेत गर्न खोजेको भन्दै संविधानले दिएको अधिकार भन्दा बाहिर गएर निर्देशन जारी नगर्न आग्रह गरे
‘संविधानले निर्दिष्ट गरेका हक अधिकार कार्यान्वयनका लागि संघीय सरकारसँग समन्वय, सहकार्य र सहअस्तित्व स्वीकार गरेर अघि बढ्न हामी तयार छौं । तर, त्यसभन्दा बाहिर गएर निर्देशन दिने कार्य उपयुक्त हुँदैन,’ आर्चाले भने ।
मुख्यमन्त्री आचार्यले भदौपछि विभिन्न खालका निर्देशन आउने क्रम बढेको उल्लेख गर्दै त्यसप्रति संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
संघीय सरकारले सञ्चार क्षेत्रप्रति गरेको व्यवहारप्रति पनि प्रदेश सरकार गम्भीर रहेको बताउँदै त्यस्ता निर्णय अविलम्ब सच्याउन उनले माग गरे ।

उनले तीनै तहका सरकार योजनाबद्ध ढंगले अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
समाजलाई सुमार्गतर्फ लैजानुपर्नेमा उल्टै कुमार्ग तर्फ लैजान खोजिएको भन्दै मुख्यमन्त्रीले चिन्ता जाहेर गरे । ‘यदि समयमै सचेत हुन सकिएन भने भविष्यमा मुलुकले दुर्घटना व्यहोर्नु पर्ने अवस्था आउन सक्छ,’ उनले भने ।
राष्ट्रियताको सवाललाई कमजोर पार्न नहुने उल्लेख गर्दै मुख्यमन्त्रीले पुर्खाले आर्जेको मुलुकको भविष्यप्रति सबै गम्भीर हुनुपर्ने बताए ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य कमल सुवेदी, पूर्व नगरप्रमुख घनश्याम पाण्डे, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रमुखहरुले मनतब्य राखेका थिए ।

प्रकाशित मिति : २०८२ चैत्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *