भालुवाङ, चैत २९ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेस चुप लागेर नबस्ने बताएका छन् ।
लुम्बिनी प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यक्रमलाई आइतबार दाङको भालुबाङमा सम्बोधन गर्दै सभापति थापाले संविधान विपरित, प्रजातान्त्रको मुल मर्म विपरित नागरिकका अधिकार मास्ने काम भयो भने र नागरिकको खोस्ने काम भयो भने कांग्रेस चुप लागेर नबस्ने बताए ।
अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार रहेको र सरकारले गर्ने संविधान सम्मत र अशल कामहरुलाइ शत प्रतिशत सहयोग रहने पनि उनले बताए ।
राष्ट्रिय पार्टीको हैसियत मत परिणामले निर्धारण गर्ने भए पनि राष्ट्रिय शक्तिको पहिचान इतिहास र दायित्वले तय गर्ने भन्दै उनले कांग्रेस अहिले पनि राष्ट्रिय शक्ति भएको दाबी गरे ।
उनले काँग्रेस सानो घटनाले उद्देलित भएर मुलुक द्वन्द्वमा पर्न सक्ने भएकै कारण संविधानलाई ठिक ठाउँ राख्ने कुरामा सबैभन्दा बढी जिम्मेवार काँग्रेस बनेको बताए ।
उनले पार्टी भित्रको एकता कायम गर्न संवादलाई जारी राख्ने बताए ।
‘नेतृत्व प्रति झुक्ने, सम्मान र संवाद गर्ने कुरामा कमि हुन दिदैन । सबैलाई जोड्ने जिम्मेवारी लिन्छु, लिन्छौं । आफ्नै पार्टीका नेताहरु संग भेट्न कुनै अप्ठ्यारो छैन । सबैसँग जान्छु, भेट्छु । कुराकानी गर्छु’ उनले भने ।