दाङ, चैत ११ । नेपाली काँग्रेस बाट समानुपातिक सांसदमा निर्वाचित अर्जुननरसिंह केसीले बुधबार शपथ लिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल सांसद केसीलाई शीतल निवासमा एक समारोहका बीच सपथ खुवाएका हुन ।
हाल मुलुकमा बिद्यमान सांसद भन्दा कांग्रेसका सांसद केसी सबै भन्दा पाका उमेरका छन् । उनी ७८ वर्षका छन् ।
त्यही भएर सबै भन्दा जेष्ठ प्रतिनिधि सभा सदस्यको हैसियतमा केसीलाई राष्ट्रपति पौडेलले प्रचलित कानुन अनुसार सांसदको सपथ लिएका हुन । ज्येष्ठ सदस्य केसीले अब प्रतिनिधि सभाका नवनिर्वाचित अन्य सांसदहरूलाई शपथ खुवाउने छन् ।
फागुन २१ को निर्वाचनबाट निर्वाचित अरु सांसदहरूलाई अब जेष्ठ सदस्य केसीले बिहीबार सपथ खुलाउने कार्यक्रम छ ।
प्रचलित कानुन अनुसार प्रतिनिधिसभाको नयाँ सभामुख चयन नहुँदासम्म जेष्ठ सदस्यका हैसियले केसीले नै बैठकको अध्यक्षका गर्ने छन् । उनकै अध्यक्षतामा सभामुख चयन नहुँदासम्म संसद बैठक चल्ने छ ।