२०८३ बैशाख २ गते बुधवार

नुहाउन गएका २ जना बगेर बेपत्ता


दाङ, बैशाख १ ।
नुहान गएका दुई युवा बगेर बेपत्ता भएका छन् ।
पाल्पास्थित कालीगण्डकी नदीमा नुहाउन गएका बगनासकाली गाउँपालिका – ९ का २९ बर्षीय तोयानाथ बस्याल र ३९ बर्षीय शरण भुसाल मंगलबार बेलुका बगेर बेपत्ता भएका हुन । उनीहरुको खोजी कार्य जारी छ ।
नयाँ बर्षको दिन बेलुका पौने ५ बजेतिर चार जना साथीहरु मिलेर बगनासकाली – ७ स्थित कालीगण्डकी नदीमा पौडे खेल्न गएका थिए ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी होमप्रकाश चौधरीका अनुसार पौडे खेल्ने क्रममा चार जना मध्य दुई जना बगेर बेपत्ता भएका हुन । बेत्तपाहरुको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *