२०८३ बैशाख २ गते बुधवार

पूर्णबहादुर खड्कालाई स्पष्टिकरण सोध्ने निर्णय – काँग्रेसमा थप बिबादहरु चर्किने संकेत

दाङ, बैशाख २ ।
कार्यवाहक सभापति हैसियतले विज्ञप्ति जारी गर्दै आएका नेता पूर्णबहादुर खड्कालाई नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बुधबारको बैठकले ७ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेपछि दुई पक्षका बीचमा तरंग पैदा भएको छ ।
जस्ले गत पुस अन्तिममा काठमाडौंमा विशेष महाधिवेशनमा सहभागी भएकाहरु र नभएकाहरूबीच मतभेद थप चर्किने संभावना देखिएको छ ।

जतिखेर बिषेश महाधिवेशन बाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको थियो ।
जस्लाई त्यो बेला सभापति रहेका शेरबहादुर देउवा पक्षधरले बहिस्कार गरेको थियो । त्यसपूर्व नै जेन्जीको आक्रमण बाट घाइते भएका तत्कालिन सभापति देउवाले उपाध्यक्ष खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका थिए ।
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएपछि कार्यबहाक सभापति खड्का पक्षधर त्यसको विरोधमा सर्वोच्च अदालत पुगेका थिए । जुन मुद्दा सर्बौच्चमा विचाराधीन छ । लगतै फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारको लागि माघ ६ मा मनोनयन दर्ता भएपछि दुबै पक्ष पार्टीको बिबाद थाँति राखेर बसेचका थिए । उनीहरुले बिबाद रहित तरिकाले निर्वाचनमा भाग लिएका थिए ।
तर निर्वाचन पछि फेरि कार्यवाहक सभापतिको हैसियतले खड्काले पार्टीको तर्फबाट विज्ञप्ति जारी गर्न थालेका थिए । निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई दुबै पक्षले छुट्टै छुट्टै बोलाएर स्वागत गरे । सभापति थापा पक्षधरले प्रशिक्षण नै दिएको थियो ।
यतिखेर सर्बौच्चमा मुद्दा बिचाराधीन रहेको समयमा दुई पक्षका बीचमा आधिकारिकतालाई लिएर बिबाद फेरि बल्झिन थालेको हो । सभापति थापा पक्षधरले खड्काले नभएको जिम्मेवारीलाई आधार मानेर बिज्ञप्ति जारी गर्न नमिल्ने तर्क गर्दै आएको छ ।

चैत ३० गतेको केन्द्रीय समिति बैठक पछि अनुसशासन समितिले नेता खड्कालाई सचेत तुल्याएको थियो । बुधबारको बैठकले खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । जस्को नेता खड्काले पनि प्रतिबाद गरेका छन् ।
आफूले अवैधानिक भनेर मुद्दा हालेको समितिले स्पष्टीकरण सोध्नुको अर्थ नरहेको खड्काले जबाफ दिएका छन् ।
दुबै पक्षको आ–आफ्नो दाबीले काँग्रेसभित्र थप बिबादहरु चु्लिन सक्ने आशंकाहरु पैदा भएका छन् ।

प्रकाशित मिति : २०८३ बैशाख २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *