२०८१ बैशाख १४ गते शुक्रवार

एक जना चिकित्सकको भरमा प्रादेशिक आयुर्वेद चिकित्सालय

यमकला भुसाल,
तुलसीपुर चैत २८ । प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीमा अहिले बिरामीको चाप बढ्दो छ । तर दरबन्दी अनुसार चिकित्सकको सङ्या भने अत्यन्तै न्युन छ । कुनै समय बिरामी कुरेर बस्नुपर्ने चिकित्सालयमा अहिले दैनिकी १ सय बढी बिरामीहरु आउने गरेको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामकामेश्वर ठाकुरले बताए । “पहिलेको तुलनामा अहिले बढी मात्रामा बिरामी आउने गरेका छन,उनले भने ।

चिकित्सालयमा अहिले ग्याष्टीक सगंसगै पायल्स फिष्टुलाका बिरामीको सङ्या बढी छ भने बच्चाको सङ्या पनि बढेको छ । हाल चिकित्सालयमा पाल्यसका बिरामी दैनिकी १५ बढी आउने गरेका छन,अहिले सम्म पायल्सका २ सय ५ जना बिरामीको अप्रेशन गरिएकोे उनको भनाई छ । यस्तै अग्नीकर्मका बिरामी भने कम मात्रमा आउछन,यस रोगको हाल सम्म १२ जनाको अप्रशेन गरिएको छ । यस्तै बच्चाहरुमा हुने इलेक्टोपोलीक रोगका बिरामीको सङ्या पनि छ ,३ ४ जनाको यहि महिनामा अप्रेशन पनि गरिसक्यौ ,उनले भने ।

आयुर्बेद चिकित्सालयमा दाङ,सल्यान,प्युठान,डोल्पा,रोल्पा,रुकुम,सुर्खेत,नेपालगञ्ज लगाएतका जिल्लाबाट बिरामीहरु आउने गरेको उनले बताए ।

चिकित्सालयले हाल बिरामीहरुलाई ओपीडी दैनिक ,ल्याब,एक्सरे,इमरजेन्सी,अल्ट्रासाउण्ड,योग,पञ्चकर्म,क्ष्याशुत्र,पायल्स फिष्टुला लगाएतका सेवाहरु दिदै आएको उनले बताए हालै मात्र नेपालमै पहिलो पटक अग्नीकर्मको सुर्य कोरेका छौ,–उनले भने । उनले पञ्चकर्म भित्रका ५ वटा कर्म मध्ये, बिरेचन,बस्ती,नश्यको सेवा सुरु गरिसकेको र २ वटा बमन, रक्तमोशन सेवा प्राविधिक अभावका कारण सुरु गर्ने नसकेको बताए । ५ जना बिशेषज्ञ डाक्टर र २ जना चिकित्सकको दरबन्दी रहेको चिकित्सालयमा बिगत डेढ वर्ष देखि १ जना मात्र चिकित्सक रहेको उनले बताए ।

आफुले डेढ वर्षदेखि एक्लैले डाइरेक्टर देखि चिकित्सकसम्मको काम गर्दे आएको र दरबन्दीअनुसार चिकित्सक नहुँदा सबै बिषयमा आफुले हेर्नुपर्ने भएकाले उपचारमा समस्या भएको सुपरिटेन्डेन्ट डाक्टर ठाकुरले धारणा व्यक्त गरे । बिशेषज्ञ डाक्टर मात्र होइन, चिकित्सालयमा ३५ जना कर्मचारीको दरबन्दी रहेकोमा २२ जना मात्र कार्यरत छन । त्यस्तै कार्यालय सहयोगी पनि १२ जना हुनेमा हाल ४ जना मात्र रहेको उनको भनाई छ । ३० बेडको चिकित्सालयले वर्षांैदेखि विशेषज्ञ डाक्टर पर्खिरहेको छ । २०४८ सालमा स्थापना भएको उक्त चिकित्सालयमा अहिले भौतीक पुर्वाधार बन्दै छ भने डिपाट्मेन्टहरुको चेन्ज र यसको स्तरउन्नोती हुदै रहेको डाक्टर ठाकुरको भनाई छ ।

यसैगरि स्थापनाकाल देखि बन्द रहेको चिकित्सालयको पुर्व पट्टीको गेट डाक्टर ठाकुरको पालाबाट खुलेको थियो तर केही महिना देखि व्यवसाय समितिले अटेरी गर्दे विभिन्न समितीका काउन्टरहरु राखेको र गाडीहरु र बिरामीहरुलाई आवातजावतमा समस्या भएको छ । उनले चिकित्सालयले ति काउन्टरहरु हटाउन १ हप्ता पहिले उनीहरुलाई परिपत्र गरिसकेको बताए । साथै उनले बिरामीलाई गुरु ठानेर सेवा र रिजल्ट राम्रो दिए बिरामीहरु बढी आउने धारणा व्यक्त गरे ।

प्रकाशित मिति : २०७५ चैत्र २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *