२०८१ असार ८ गते शुक्रवार

लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनको अधिवेशन हुँदै

नेपालगञ्ज,बैशाख १४ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनको दोस्रो वार्षिक अधिवेशन नेपालगन्जमा हुने भएको छ।

करिव एक हजार प्रतिनिधिको उपस्थितिमा शनिबार हुनेमा अधिवेशनले लायन वर्ष २०२४/२५ का लागि डिष्ट्रिक्ट गभर्नर, प्रथम भाइस डिष्ट्रिक्ट गर्भनर र एक जना द्वितिय भाइस डिष्ट्रिक्ट गभर्नर निर्वाचित गर्दै छ।

अधिवेशनबाट दाङका विनोद श्रेष्ठ डिष्ट्रिक्ट गभर्नर, नेपालगन्जका ज्ञानेन्द्र श्रेष्ठ प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर र सुर्खेतका टीकाराम चपाई द्वितिय भाइस डिष्ट्रिक्ट गभर्नर चयन हुने अधिवेशनका कनभेनर एओजी लायन कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए।

दाङका विनोद, नेपालगन्जका ज्ञानेन्द्र र सुर्खेतका टीकारामका प्रतिस्पर्धी छैनन्। उनीहरुले आफैसँग प्रतिस्पर्धा गर्नु पर्छ। उनीहरुले निर्वाचित हुन ५१ प्रतिशत ‘एस’ मत ल्याउनु पर्छ। मत पत्रमा एस र नोको व्यवस्था गरिएको हुन्छ।

नेपालमा हाल १५ वटा डिष्ट्रिक्ट छन्। त्यसमा डिष्ट्रिक्ट ३२५ एन चौथोमा पर्दछ। दुई वर्षअघि डिष्ट्रिक्ट ३२५ बी २ बाट बाइफरगेसन भएको डिष्ट्रिक्ट ३२५ एनमा काठमाडौंको केही र भालुबाङदेखि पश्चिमका क्षेत्र समेटिएको छ।

‘हामी सेवा गर्छौ’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गरेको लायन्सले मानवीय सेवा गर्दै आएको छ। विपददेखि विद्यालय पुनर्निर्माण, अस्पतालमा सहयोग गर्दै आएको छ।

नेपालगन्जमा हुने अधिवेशनलाई भब्य बनाउन लायन्ससम्बद्ध लागिपरेका छन्। डिष्ट्रिक्ट गभर्नर लायन मुकुट ढकाल, पूर्व डिष्ट्रिक्ट गभर्नर सेम शाक्यले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।

प्रकाशित मिति : २०८१ बैशाख १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *