२०८१ बैशाख १५ गते शनिवार

राप्ती आँखा अस्पतालमा आसु नलीको दुरविन विधिबाट शल्यक्रिया

तुलसीपुर,चैत १ । राप्ती आँखा अस्पताल तुलसीपुरमा अत्याधुनिक प्रविधि बाट आँखा सम्वन्धी विभिन्न शल्यक्रिया सेवाहरु सुरु भएका छन् ।

जस अन्तर्गत अस्पतालले आसु नलीको दुरविन प्रविधिबाट शल्यक्रिया सेवा सुरु गरेको छ ।

अकुलोप्लाष्टिक तथा आँखा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुरेश रसाइलीले बेहोस नगरि दुखाई कमगर्ने सुईको माध्यमबाट आँखाको आसु नलीको दुरविन प्रविधिबाट सफल शल्यक्रिया भई रहेको बताए ।

यस क्षेत्रमै पहिलो पटक यो सेवा राप्ती आँखा अस्पतालबाट दिन थालेपछि विरामीहरुलाई पनि सहज भएको छ ।

अकुलोप्लाष्टीक अन्तर्गत विभिन्न कष्टमेटिक शल्यक्रिया र आँखाको क्यान्सर सम्वन्धी सेवा संगै आँखाको आसु नली बन्द भएका विरामीलाई वेहोस नगरि दुरविन विधिबाट शल्यक्रिया सुरु भएको उनले बताए ।

‘यस अघि कष्टमेटिक, आसु नली सम्वन्धी विभिन्न शल्यक्रिया हामीहरुले यहिबाट दिदै आएका थियौ अव ईन्डोस्कोपिक डीसीआर सर्जरीपनि सुरु गरेका छौं –डा रसाइलीले भने ।’

यसले गर्दा आसु नलीको वाहिरी भाग चिरफार विनानै अव नाकबाट दुरविनको सहायताले आसुको नलीलाइ खुलाउन सकिने उनको भनाई छ ।

अव आसु नलीमा संक्रमण भई पिप जमेको अवस्थामा पनि यस विधिबाट सहजै शल्यक्रिया गर्न सकिने उनले बताए ।

‘यसमा बन्द आसु नली संगै नाक भित्रको केहि समस्या रहेछ भनेपनि त्यसको शल्यक्रिय गर्न सहज हुन्छ –डा रसाइलीले भने ।’

दुरविन विधिबाट हुने आसु नलीको शल्यक्रियाका फाइदाहरु धेरै भएको उनको भनााई छ । शल्यक्रिया पछि छिटो निको हुने, चिरफार गर्न नपर्ने, घाउ नदेखिने, रगत कम बग्ने र सहज, छिटो र छरितो शल्यक्रिया सेवा दिन सकिने डा। रसाइलीको भनाई छ ।

त्यस्तै अस्पतालमा आसुको थैली निकाल्ने शल्यक्रिया, काटीएको आसु नली, आसु थैलीमा देखिएको डल्लोको शल्यक्रिया आँखाको ढकनीमा देखिने समस्या भित्र , वाहिरीपटी फकीएको आँखाको ढकनीको शल्यक्रिया हुदै आएको छ ।

काटिएको आँखा ढकनीको शल्यक्रिया ,आँखाको ढकनीलाई बन्द गर्ने शल्यक्रिया सेवा पनि दिदै आएको छ । त्यस्तै ।थाइराइड, आँखाको भित्री भागमा देखिएको टुयूमर, सम्वन्धी आँखाको उपचार तथा शल्यक्रिया मरामर्श सेवा समेत दिने गरेको डा। रसाइलीको भनाई छ ।

‘ अकुलोप्लाष्टीक , आसु नली, ढकनीका साथै आँखाको क्यान्सर सम्वन्धी सेवा हामीहरुले दिई रहेका छौं अव लगतै अन्य यो समवन्धी सेवापनि दिने तयारीमा छौं –डा। रसाइलीले भने ।’

प्रकाशित मिति : २०८० चैत्र १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *