तुलसीपुर,जेठ २७ । दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताललाई दुइ सैयाको अनुमति दिइने भएको छ ।
प्रदेशको आगामी आर्थिक बर्षकालागि शुक्रबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको छ ।
अस्पतालमा हाल ५० सैयाको अनुमति भएपनि दुईसय सैयाको सञ्चालनमा छ । दुई सय सैया सञ्चालन भएपनि ५० सैयाको मात्रै जनशक्ति हुँदा सेवा प्रवाहमा समस्या हुने गरेको थियो ।
अब भने अस्पतालले दुईसय सैयाकै जनशक्ति प्राप्त गर्नेछ ।
प्रकाशित मिति : २०८० जेष्ठ २७ गते शनिवार