दाङ, जेठ २४ । लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रदेश सभामा जेठ २६ गते प्रदेश सभामा प्रस्तुत गर्ने निणर्ण गरेको छ ।
बुधवार बसेको मन्त्री परिषदले प्रदेशको नीति तथा कार्यक्रम २६ गते प्रस्तुत गर्ने निणर्य गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री सन्तोष पाण्डेले जानकारी दिए ।
प्रदेशले पेश गर्ने नीति तथा कार्यक्रम प्रदेश प्रमुखबाट प्रदेश सभामा प्रस्तुत गर्न अनुरोध गर्ने निणर्य समेत गरिएको छ ।
त्यसै गरेर बैठकले आर्थिक वर्ष २०८०/८१मा प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गर्ने वित्तीय हस्तारण अन्तगत समपूरक बजेटमा हेरफेर गर्ने निणर्य समेत गरिएको प्रवत्ता पाण्डेयले जानकारी दिए ।
प्रकाशित मिति : २०८० जेष्ठ २४ गते बुधवार