२०८३ बैशाख १५ गते मङ्गलवार

नक्कली भुटानी शरणार्थी प्रकरण ः आजदेखि प्रतिवादी पक्षका कानुन व्यवसायीले बहस गर्ने

काठमाण्डौ,जेठ २४ । नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबारदेखि प्रतिवादी पक्षका कानुन व्यवसायीले बहस गर्ने भएका छन्।

शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस मंगलबार सकिएको छ।

हालसम्म पक्राउ परेका १८ जना अभियुक्तको बयान सकिएपछि आइतबारदेखि थुनछेक बहस सुरु भएको थियो।

सरकारी वकिलका तर्फको बहस सकिएसँगै आजदेखि प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस सुरु गर्ने जिल्ला अदालत काठमाडौँले जानकारी दिएको छ।

आज सुरुमा पीडितपक्षका निजी वकिलहरूले बहस गर्नेछन्। त्यसपछि प्रतिवादीका तर्फबाट बहस हुनेछ।

जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेको छ।

थुनछेक बहस यही जेठ ३१ गतेसम्म जारी रहने र त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय लिइने बताइएको छ।

यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमालेका सचिव समेत रहेका सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री समेत रहेका कांग्रेसका नेता बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, पूर्वसांसद तथा कांग्रेसका नेता आङटावा शेर्पा, हज समितिका अध्यक्ष शमशेर मियाँ, बिचौलियाहरु केशव दुलाल, सानु भण्डारी, टोपबहादुर रायमाझीका छोरा सन्दीप, अर्का बिचौलिया सन्देश शर्मा, पूर्ववडाध्यक्ष सागर राई, बिचौलिया टंक गुरुङ, रामशरण केसी, बालकृष्ण खाणका पिए नरेन्द्र केसी, बिचौलिया गोविन्द चौधरी, लक्ष्मी महर्जन, हरिभक्त प्रधान गरी १८ जना पक्राउ परेका छन्।

पक्राउ परेका सबैलाई हिरासतमा राखिएको छ।

प्रकाशित मिति : २०८० जेष्ठ २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *