तुलसीपुर, जेठ २१ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले कैलाली घटनामा आफ्नो संलग्नता अस्विकार गरेका छन् ।
आइतबार दाङको तुलसीपुरस्थित बिष्णु चलचित्र मन्दिरको प्राङगणमा आयोजित सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै नेता चौधेरीले आँफुहरुले कुनै मानिसहरुको हत्या नगरेको जिकिर गरेका थिए ।
‘मान्छे कस्ले मारेको हो र मान्छे मार्नेहरुलाई खोजेर सार्वजनिक गर भनिरहेका छौं ,’ उनले भनेका थिए ‘ टिकापुर घटना कुनै गुफा वा कोठा भित्र भएको घटना थिएन त्यो हजारौं मानिसका आँखाले देखेको घटना हो ।’
जस्ले उनीहरुको हत्या गरेको थियो उनीहरुको पहिचना गरि जेलमा हाल्नु पर्ने उनको माग थियो । त्यही घटनामा संलग्न भएको आरोप लगाउँदै आँफुहरुका कोही कपाल काट्ने, रिक्सा चलाउने, कोही खेतमा काम गरिरहेकाहरुलाई आरोप लगाउने र जेल हाल्ने काम भएको भन्दै उनले अन्याय भएको बताए ।
‘ घटना भएको दिन रेशम चौधरी बिचारो गुलरियामा थियो,’ उनले प्रश्न गरेका थिए ‘ गुलरियामा भएको मान्छेलाई जेलमा हाल्दिने ।’
नेता चौधरीले आँफुहरु जातिबादी नभएको पनि स्पष्ट पार्न खोजेका थिए ।
‘ हामी जातिबादी होइनौं,’ उनले भने ‘ तर हाम्रा केही साथीहरु अतिबादी छन् ।’ उनले जस्को घर सीमाना नाकामा छैन उनीहरु नै अतिबादी बन्ने गरेको टिप्पनी गरे ।
थरुहटको कुरा उठाउन साथ आँफुहरुलाई गैर नागरिकको बिल्ला भिराउने षडेन्त्र भएको उनले गुनासो गरेका थिए ।
त्यतिखेर लक्ष्मण थारुहरुले पहिचानको गोरेटो कोरेको भन्दै अब त्यो बाटो अब कालो पत्रे गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको उनले बताएका थिए ।
उनले आँफुले शान्ति खोजेको र हिंसा नचाहेको स्पष्ट पारेका थिए ।
‘ हामी हिंसा हैन शान्ति चाहान्छौं,’ उनले भनेका थिए ‘ पहिचान माग्दा अनागरिक देख्नु गलत हो ।’
उनले थारु भाषमा आफ्नो मनतब्य ब्यक्त गरेका थिए । कार्यक्रम पूर्व उनको स्वागतमा तुलसीपुर बजारमा ¥याली निकालिएको थियो भने सांस्कृति प्रस्तुतीहरु पनि राखिएका थिए ।