काठमाडौँ,जेठ २१ । संघीय संसद्का दुवै सदनको बैठक आइतबार बस्दैछ। संसद् सचिवालयका अनुसार आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ।
यसैगरी, राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजे बस्न लागेको छ।
गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि आजदेखि सदनमा छलफल सुरू हुनेछ।
दुवै बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले वक्तव्यसहित’आ.व.२०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान९बजेट०माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यसपछि बजेटमाथि छलफल सुरू हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
यस्तै, बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीसमेत छ।
प्रकाशित मिति : २०८० जेष्ठ २१ गते आइतवार