लमही, जेठ १६ । लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला,कानुन तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेले बिशुद्ध रुपमा आम जनताका समस्यालाई पत्रकारिताको माध्यमबाट सम्प्रेष्ण गर्नुपर्ने बताएका छन ।
मंगलवार नेपाल पत्रकार महासघ लुम्बिनी प्रदेशको आयोजना तथा आन्तरिक मामिला,कानुन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशको सहयोगमा भालुवाङमा आयोजित अनलाइन मिडिया सम्पादन अभिवृद्धि प्रशिक्षण कार्यक्रमको उद्धघाटन गर्दै मन्त्री पाण्डेले निष्पक्ष भएर पत्रकारिता गर्न आग्रह गरेका हुन ।
कार्यक्रममा मन्त्री पाण्डेले मन्त्रालयबाट सञ्चार सम्बन्धी कार्यविधि बनाउन नसक्दा चालुआथिक वर्षमा छुट्याइएको बजेट फ्रिज हुने अवस्थामा पुगेको बताए । अहिले प्रदेश सरकारले बजेट सिलिङको काम गरिरहेको बताउँदै उनले मन्त्रालयबाट सञ्चारकर्मी र सञ्चार माध्यमहरुका लागि आवश्यक बजेट विनियोजन गर्ने बताए । उनले आगामी वर्ष देखि समयमै बजेट कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।
नेपाल पत्रकार महासघं लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक किरण कौशलले सरकारले मिडियाप्रती हेर्ने दृष्टिकोण बदल्न जरुरी रहेको बताए ।
नेपाल पत्रकार महासघं लुम्बिनी प्रदेशका उपाध्यक्ष चुमा आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण समहासचिव बिक्रम खड्काले गरेका थिए ।
५ दिन सम्म चल्ने प्रशिक्षण तालिमको मुख्य प्रशिक्षकमा अनलाइन खबरका सम्पादक सुफल फाफ्ले र अर्को प्रशिक्षकमा पाल्पा बिकास केन्द्रका संयोजक किरण कौशल रहेका छन ।
तालिममा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका २२ जना पत्रकारको सहभागि छन ।