अमृत काजी शर्मा,तुलसीपुर,जेठ १६ । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा दाङले कारागार कार्यालय तुलसीपुरमा पुस्तक हस्तान्तरण गरेको छ ।
मानव अधिकार तथा शान्ति समाजको सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत आज पहिलो दिन पुष्तक सहयोग गरेको हो ।
मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापती एवम बरिष्ठ अधिकारकर्मी कृष्ण पहाडी र संस्थापक सदस्य पुरुषोतम दाहालद्धारा लेखिएको झन्डै आठ सय पृष्ठ लामो मानव अधिकारः लोकतन्त्र शान्ति र अहिंसाको आधार नामक पुष्तक लगाएत अन्य ऎन कानुन सग्रह, उपन्यास , कथा, कबिता लगायतका बिभिद पुस्तकहरु गरी ७० थान पुस्तक कारागार कार्यालय तुलसीपुरका प्रशासकिय अधिकृत चिन्तामणी रेग्मीलाई हस्तान्तरण गरिएको छ ।
सो अवसरमा कारागारका प्रमुख प्रशासकिय अधिकृत रेग्मीले कैद जीवन बिताई रहेका हरुलाई यी पुस्तकको अध्ययनले ठूलो मद्दत गर्ने बताए ।
समाजका निवर्तमान केन्द्रिय वरिष्ठ उपसभापति सुशील बस्नेतले शान्ति समाजको स्थापना,यसको मुल्यमान्यता र स्थापना दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
त्यस कार्यक्रममा शान्ति समाजका केन्द्रिय सदस्य तुलसीराम सुनार, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक गौतम कुवर लगायत सहभागी थिए ।
समाजका कार्यबाहक सभापति कोमल डिसीको आयोजनामा भएको कार्यक्रमको सहजीकरण जिल्ला कार्य समिति दाङका सचिब अमृत प्रसाद शर्माले गरेका थिए ।
सो अवसरमा समाजका केन्द्रिय सदस्य तुल्सीराम सुनार, जिल्ला कार्यसमिति दाङका सहसचिव माधव बस्नेत पत्रकार बिना खड्का लगाएतको उपस्थिति रहेको थियो ।
मानव अधिकार तथा शान्ति समाजले प्रत्येक बर्ष जेठ १९ गते आफ्नो स्थापना दिवस मनाउदै आइरहेको छ सोही दिन तुलसीपुरमा अन्तरकृया कार्यक्रमको समेत आयोजना गरेको सचिव अमृत प्रसाद शर्माले बताएका छन ।