२०८३ असार २९ गते सोमवार

प्रेस युनियनको स्थापना दिवसमा रक्तदान

तुलसीपुर,जेठ १३ । नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसका अवसरमा शनिवार तुलसीपुरमा रक्तदान गरिएको छ । प्रेस युनियन दाङ शखा र तुलसीपुर नगर जेसिजको सयुक्त आयोजना एवं रक्त सञ्चार केन्द्र तुलसीपुरको प्राबिधिक सहयोगमा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा २३ जना पुरुष र २ महिला गरि २५ जनाले रक्तदान गरेका छन । त्यस अवसरमा प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काले पहिलो पटक रक्तदान गरेको बताए ।

यस्तै तुलसीपुर नगर जेसिजका अध्यक्ष शालिकराम वलिले १० औं पटक,प्रेस युनियनका सदस्य शिव पुनले छौठौं पटक रक्तदान गरेको बताए ।

रक्तदान गर्नेहरुमा शान्ता बुढाथोकी,दिपाकुमारी केसी,पुर्ण बहादुर डाँगी,किरण विश्वकर्मा,भिमसेन थापा,समिप शर्मा, कमल थापा,शैलेन्द्र वलि,बिसाल खड्का,प्रकाश खनाल,तुलसीराम भुसाल,बसन्त भण्डारी,सुरज केसी,विजय सुवेदी,श्रवण राना,यमराज परियार ,नवराज परियार,नेत्र केसी,आसिष केसी लगाएतले रहेका छन ।

तुलसीपुर जेसिजको साताव्यापी कार्यक्रम सुरु

यसैबिच तुलसीपुर नगर जेसिज वर्ष २०२३÷०२४ को साताव्यापी कार्यक्रम सुरु भएको छ । उक्त कार्यक्रमको शनिवार उद्धघाटन गरिएको छ ।

नगर जेसिजका अध्यक्ष शालिकराम वलिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राप्ती बबई क्याम्पसका प्रमुख गणेश पार्धेले जेसिजले स्थापनाकाल देखि सामाजिक क्षेत्रमा महत्वपुर्ण कार्यहरु गर्दै आएको बताए । त्यसले समाज रुपान्तरणमा ठुलो टेवा पुगेको विस्वास व्यक्त गरे ।

कार्यक्रममा सम्वांद समुह दाङका बरिष्ठ सहजकर्ता सुशिल बस्नेत,नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का,मानव अधिकार तथा शान्ति समाज दाङका कार्यवहाक अध्यक्ष कोमल डिसी,दाङ महिला जेसिजका कावा अध्यक्ष भिमा डिसी,तुलसीपुर उद्योग वाणिज्य सघंका कार्यबहाक अध्यक्ष मिनराज भण्डारी,तुलसीपुर नगर जेसिज वर्ष २०१६ का अध्यक्ष सुर्य प्रसाद शर्मा लगाएतले जेसिज युवाहरुको व्यक्तित्व र नेतृत्व विकास गर्ने संस्था भएकोले पनि जेसिजबाट उत्पादन भएका हजारौ युवाहरु अहिले विभिन्न संघ सस्थाको नेतृत्व गर्न सफल भएको भन्दै चर्चा गरे ।

साताव्यापी कार्यक्रमका मुल संयोजक शैलेन्द्र कुमार वलिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा आस्थापाठ अध्यक्ष सल्लाहाकार पुर्णबिक्रम डाँगीले गरेका थिए भने सहजीकरण महासचिव सन्दीप भुसालले गरेका थिए ।

साताव्यापी कार्यक्रमको उद्धघाटन तथा रक्तदान कार्यक्रको संयोजकमा उपाध्यक्ष भिमसेन थापा रहेका थिए ।

प्रकाशित मिति : २०८० जेष्ठ १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *