२०८३ बैशाख १५ गते मङ्गलवार

प्रतिनिधिसभाको बैठक साँझ ६ बजे

काठमाडौँ ,जेठ १२ । प्रतिनिधिसभाको बैठक साँझ ६ बजेका लागि तोकिएको छ ।

एमालेको अवरोधका कारण मध्यान्ह साढे १२ देखि स्थगित भएको बैठक साँझ ६ बजेका लागि बोलाइएको संघीय संसद सचिवालयका महासचिव डा।भरतराज गौतमले जनाएका छन् ।

२० मिनेटका लागि भनेर स्थगित गरिएको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको थियो । प्रतिपक्षी दल एमाले र सत्तापक्षबीच कुरा नमिल्दा बैठकको समय पछि धकेलिएको हो ।

संसद सचिवालयको सूचनामा भनिएको छ, ‘आज मिति २०८० साल जेठ १२ गते शुक्रबार सूचना प्रकाशित गरी दिनको ३ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखज्यूले सभाको बैठक आजै बेलुका ६ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा मा) सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

प्रकाशित मिति : २०८० जेष्ठ १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *