२०८१ असोज ५ गते शनिवार

नेपालगञ्जको त्रिभुवन चोक डोजर लगाएर भत्काइयो


बाँके, चैत २६ । नेपालगञ्जको मुख्य बजार सदरलाइनस्थित त्रिभुवन चोक भत्काइएको छ । सोमवार राति डोजर चलाएर सालिक भत्काइएको हो । सालिक भत्काएपछि अब के हुन्छ ? भन्ने अन्यौंलतका कायमै छ । ऐतिहासिक चोक भत्काएर नयाँ संरचना निर्माण गर्ने तयारी भइरहेको भन्ने हल्ला व्याप्त बनेपछि त्यसको विरोध भइरहेको छ । राजा त्रिभुवनको शालिक राखिएको नेपालगन्जको उक्त चोकको शालिक २०६२÷०६३ मा माओवादी कार्यकर्ताले आन्दोलनका क्रममा तोडफोड गरेका थिए ।

त्यही भएर त्रिभुवन चोकको जीर्ण अवस्थालाई पुरै भत्काएर सुन्दर चोक निर्माण गर्न लागिएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले बताए । ‘चोकको शालिक राख्ने संरचना जिर्ण अवस्थामा पुगेकाले नयाँ बनाउन लागिएको हो,’ अध्यक्ष बैश्यले भने, ‘शालिक राख्ने व्यवस्था सहितको आधुनिक संरचना तयार गरिने छ ।’ तर उनले अब त्यहाँ कस्को शालिक राख्ने भन्ने कुरा आफ्नो बसको कुरा नभएको जानकारी दिए । यो सवालमा कुरा गर्न खोज्दा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा सम्पर्कमा आउन चाहेनन् ।

कतिपयले चोक उज्यालो हुने गरि ठुलो लाइट राख्ने र नयाँ संरचनामा राष्ट्रिय झण्डा फहराउने गरि शालिक निर्माण गरिने बताए ।

यस चोकमा मधेस आन्दोलनका क्रममा मधेस आन्दोलनका शहिद कमल गिरीको नामबाट नामाकरण गर्न कतिपयले आवाज उठाएका थिए । तर आजपनि धेरैले इतिहास मेट्न नहुने भन्दै राजा त्रिभुवनकै शालिक स्थापना हुनुपर्ने माग गर्दै आएका छन् । भत्कानु भन्दा अगाडि सम्म यहाँ त्रिभुवन चोकमा राष्ट्रिय झण्डा मात्रै राखिएको थियो ।

 

प्रकाशित मिति : २०७५ चैत्र २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *