२०८३ बैशाख १६ गते बुधवार

भुटानी शरणार्थी प्रकरणका मुख्य दोषी उम्काउने खेल ः महासचिव पोख्रेल

घोराही,जेठ ७ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले भुटानी शरणार्थी प्रकरणमा दोषी उम्कने खेल सत्तापक्षले सुरु गरेको दाबी गरेका छन ।

पछिल्ला दिनहरूमा हिरासतमा लिइएकाहरुको बयान फेर्ने देखि सत्तापक्षकै ठूला नेताहरुको नाम जोडिन थालेपछि मुख्य दोषी उम्काउने खेल सुरु भएको दाबी गरेका हुन ।

प्रेस चौतारी दाङले आइतबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा शरणार्थी प्रकरण घटना राष्ट्रघात भएको भन्दै निष्पक्ष छानबिन हुनुपर्ने बताए । ‘दोषी उम्कनु भएन । निर्दोष फस्नु भएन । घटनासँग जोडिएकाहरूसँग छानविन हुनुपर्छझ उनले भने-‘आर्थिक अपचलनसंँग जोडिएका सबै घटना छानबिन हुनुपर्छ ।’

आर्थिक अपचलन संग जोडिएका सबै घटना छानविन गरिनुपर्ने उनले बताए । ‘नयाँ पुराना भन्ने हुँदैन । छानविन गर्दा सत्ताको नजरबाट हेर्नुहुदैन । प्रहरीलाई निष्पक्ष छानविन गर्न दिउँझ उनले भने-‘सत्ताको दुरुपयोग गरेर दोषीलाई उन्मुक्ति दिने काम हुन थाल्यो । सुनिन्छ पुराना बयानहरू फेरेर दोषीलाई उम्काउने खेल हुँदैछ ।’

यस्तै उनले सरकारको नीति तथा कार्यक्रमले राष्ट्रिय समस्या सम्बोधन गर्न नसकेको बताए । ‘न नीति न कार्यक्रम जस्तो आयो सरकारको नीति तथा कार्यक्रम’ उनले भने-‘सरकारले ल्याएको नीति तथा कार्यक्रमको चर्चा हुनुपर्थ्यो । तर, राष्ट्रपतिको सवारी, सम्बोधन कसरी भयो भन्ने मात्रै चर्चामा छ ।’

सरकारले ल्याएको नीति तथा कार्यक्रमले सामाजिक, सांस्कृतिक, आर्थिक बिषय ओेझेलमा पारेको बताए । बढ्दो आर्थिक संकट, सांस्कृतिक हस्तक्षेप र सामाजिक विचलनका मुद्दा अहिलेको प्रमुख समस्या भएपनि सरकारले ल्याएको नीति कार्यक्रमले छुन नसकेको बताए ।

यस्तै उनले मुलुकमा बलियो राष्ट्रिय शक्ति निर्माण गर्न राजनीतिक धुव्रिकरण आवश्यक रहेको बताए । जनताको विकास र समृद्धिको आशालाई राजनीतिक अस्थिरताले असर गरेको भनाइ छ ।

देशमा देखिएको अन्यौल हटाउन नयाँ राजनीतिक शक्ति निर्माण गर्नुपर्ने उनले बताए । नेकपा एमाले अहिले सरकार बनाउने गिराउने खेलमा नलाग्ने दावी गरे । एमालेको ध्यान ०८४ को आम निर्वाचनमा ध्यान केन्द्रित गरेको दावी गरे ।

उनले पपुलिस्ट पोलिटिक्सले देशको समस्या समाधान गर्न नसक्ने दावी गरे ।

प्रकाशित मिति : २०८० जेष्ठ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *