२०८३ भाद्र ३० गते मङ्गलवार

हिराचन्द्र केसी एमाले फर्किदै

तुलसीपुर, जेठ ४ । नेकपा एकीकृत समाजबादीका नेता तथा पूर्व सांसद हिराचन्द्र केसी नेकपा एमालेमा फर्किने तयारी गरि रहेका छन् ।

पूर्व स्वास्थ्य राज्यमन्त्रीसमेत रहेका केसीलाई पुरानै पार्टीमा स्वागत गर्न एमाले महासचिव शंकर पोखरेल आउने भएका छन् ।

जेठ ६ गते तुलसीपुर उद्योग वाणिज्य संघको सभाहलमा एक औचारिक कार्यक्रमका बीच केसी एमालेमा फर्किने कार्यक्रम तय भएको स्रोतले जानकारी दिएको छ ।

सांसद केसी संगै उक्त दिन उनका स्वकीय सचिव अमित शर्मा लगाएतका अन्य केही युवाहरु पनि एमालेमा फर्किन थालेको स्रोतले फरककोणलाई जानकारी दिएको छ ।

यसअघि दाङको निर्वाचन क्षेत्र नं। ३ बाट प्रतिनिधिसभा सदस्यमा केसी निर्वाचित भएका थिए ।


पूर्व स्वास्थ्य राज्यमन्त्री केसी तत्कालिन नेकपा बिभाजन हुँदा अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजबादीमा लागेका थिए । तर, फेरि उनी आफ्नै पुरानै घरमा फर्किन थालेका हुन ।

प्रकाशित मिति : २०८० जेष्ठ ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *