२०८१ जेष्ठ ५ गते शनिवार

पूर्वगृहमन्त्री खाणको बयान आजपनि लिइँदै

काठमाडौँ ,जेठ २ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान मंगलबार पनि लिइँदैछ।

खाणको बयान सोमबार पनि लिइएको थियो। हिजो बयानको क्रममा उनले स्वास्थ्य अवस्था ठीक छैन भनेपछि बाँकी बयान आज लिन लागिएको हो।

उनको बयान बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा बयान लिन थालिएको हो।

वैशाख २७ गते पक्राउ परेका खाणसँग प्रहरीले २८ गते नै प्रकरणसम्बन्धमा सोधपुछ गरेपनि उनको बयान भने रेकर्ड गरिएको थिएन।

प्रहरीले बयानका लागि खाण गृहमन्त्री हुँदा उनले गरेका निर्णय र बिचौलियाहरूसँग सम्बन्ध तथा पैसा लेनदेनको विषयमा प्रश्न तयार गरेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाउनेछ।

जिल्ला अदालत काठमाडौँले अनुसन्धान गर्नका लागि खाँणविरुद्ध थप चार दिन समय दिएको छ।

प्रकाशित मिति : २०८० जेष्ठ २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *