२०७७ कार्तिक ९ गते आइतवार

मलेसियामा बस दुर्घटना हुँदा दुई नेपालीसहित ११ जनाको मृत्यु 

चैत २५ । मलेसियामा आइतबार राती बस दुर्घटना हुँदा दुई नेपालीसहित ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामु चौधरी र जगन्नाथ सिंह दनुवार रहेको बताइएको छ ।

मलेसियाको क्वालालामपुर विमानस्थल नजिकै सेपाअङमा नालीमा खसेर दुर्घटना हुँदा दुई नेपालीसहित पाँच जना बंगलादेशी, तीन जना इण्डोनेसियन र एक मलेसियन नागरिकको ज्यान गएको हो । घाइतेहरुको सेरदान, पुत्रजया, बान्तिन र काजाङ अस्पतालमा उपचार भइरहेको छ । बसमा ४४ यात्रु रहेको बताइएको छ ।

उक्त दुर्घटनामा परि ३३ जना घाइते भएका छन् । बसमा १४ जना नेपाली, १२ जना बंगलादेशी र १४ जना इण्डोनेसियन र दुई जना मलेसियन नागरिक रहेको मलेसियन प्रहरीलाई उदृत गर्दै स्थानीय सञ्चार माध्यम मेट्रोले उल्लेख गरेको छ ।

रातीको काम गर्ने कामदार बोकेर काम गर्ने ठाउँतिर जाँदै गरेको बस दुर्घटनामा परेको हो ।

प्रकाशित मिति : २०७५ चैत्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *