दाङ, बैशाख २६ । लुम्बिनी प्रदेशको प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. नहकुल केसी नियुक्त भएका छन ।
मंगलवार बसेको मन्त्रीपरिषदको बैठकले स्थानीय विकास विज्ञ डा.केसीलाई आयोजको उपाध्यक्षमा नियुक्त गरेको सरकारका प्रबक्ता सन्तोष कुमार पाण्डेयले जानकारी दिए ।
मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा ५ सदस्य समिति रहने गर्दछ । जसमा उपाध्यक्ष, र चार जना सदस्य मुख्यमन्त्रीले नियुक्त गर्ने प्राबधान रहेको छ ।
उपाध्यक्षमा नियुक्त केसी स्थानीय विज्ञ हुन। लामो समय देखि सामानिक विकासको क्षेत्रमा क्रियाशील डा.केसी ग्रामिण तथा स्थानीय विकासमा विद्यावारिधि हुन ।
गरिवि विवारण कोषको पूर्व कार्यकारी निर्देशक समेत रहेका केसी अफगानिस्थानमा विकास संग जोडिएर दशक वढी काम गरेका थिए ।
केसी तुलसीपुर उपमहानगरपालिका ६ को स्थायी बासिन्दा हुन ।
प्रकाशित मिति : २०८० बैशाख २६ गते मङ्गलवार