२०८३ बैशाख १६ गते बुधवार

प्रतिनिधि सभामा ई–हाजिरीको तयारी

काठमाडौं,बैशाख २४ । प्रतिनिधि सभामा सांसदहरु गयल हुने क्रम बढेपछि डिजिटल उपस्थिति अर्थात् ई–हाजिरीको तयारी सुरु भएको छ ।

सांसदहरुको ई–हाजिरी सुरु गर्नेबारे कार्यव्यवस्था परामर्श समितिको आजको बैठकमा छलफल भएको हो ।

बैठकमा ई–हाजिरी सुरु गर्ने र सांसदहरुको उपस्थिति वेबसाइटमार्फत् सार्वजनिक गर्नेबारेमा छलफल भएको हो ।

बैठकमा सभामुख देवराज घिमिरेले संसदमा सांसदहरुको उपस्थिति कमजोर रहेको र सांसदहरु तलब भत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ रहेकाले अब ई–हाजिरीको विकल्प नभएको बताए ।

दल तथा सांसदहरुलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि पनि सभामुखले ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : २०८० बैशाख २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *