२०८३ बैशाख १६ गते बुधवार

सरकारलाई दिएको समर्थन फिर्ता नलिन रास्वपालाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ ,बैशाख २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई दिएको समर्थन फिर्ता नलिन राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०लाई आग्रह गरेका छन्।

सरकारमा सहभागी हुन गरेको आग्रहलाई रास्वपाले औपचारिक रूपमा अस्वीकार गर्दै शुक्रबार दिउँसो समर्थनसमेत फिर्ता लिने तयारी गरेपछि प्रधानमन्त्रीले समर्थन कामय राखिदिन आग्रह गरेका हुन्।

रास्वपाका एक नेताले भने,’प्रधानमन्त्री सरकारमा सहभागी नभए पनि समर्थन चाहिँ फिर्ता नलिइदिनूहोला भन्नुभएको छ।’ सरकारमा सहभागी हुने वा नहुने र समर्थनबारे निर्णय लिन रास्वपाले शुक्रबार ५ बजे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ।

रास्वपामा प्रधानमन्त्री रास्वपालाई सरकारमा सहभागी गराउन पहल गरेपनि पार्टीभित्र जान नहुने मत बलियो भएको छ।

त्यसकै आधारमा सरकारमा सहभागी नहुने र समर्थनसमेत फिर्ता लिएर प्रतिपक्षमा बस्ने तयारी रास्वपा पुगेको छ। सरकारमा समर्थन दिएर सत्ता पक्षको कुर्सीमा बस्नुभन्दा समर्थनसमेत फिर्ता लिएर प्रतिपक्षी बेञ्च बस्नु उपयुक्त हुने निष्कर्ष रास्वपा नेताहरूले निकालेका छन्।

रास्वपाले समर्थन फिर्ता लिँदा सरकारमा अल्पमतमा नपर्ने भए पनि पुनःविश्वासको मत लिनुपर्नेछ।

संवैधानिक व्यवस्थाअनुसार सरकारलाई समर्थन दिएको दलले समर्फन फिर्ता लिएर धारा १०० ९२० अनुसार ३० दिनभित्र विश्वासको मत लिनुुपर्नेछ। उक्ता धारामा भनिएको छ, ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्नेछ।’

पुस १० गते दाहालको नेतृत्वमा सरकार गठन हुँदा रास्वपाले समेत समर्थन दिएको थियो।

एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि चैत २६ गते दोस्रोपटक विश्ववासको मत लिँदा दाहालले १७२ मत पाएका थिए। उनको विपक्षमा ८९ मत परेको थियो।

प्रकाशित मिति : २०८० बैशाख २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *