२०८३ बैशाख १६ गते बुधवार

लुुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए बिश्वासको मत

तुलसीपुर,बैशाख १९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिश्वासको मत पाएका छन् ।

आज प्रदेशसभाको बैठकमा बिश्वासको मत मागेका चौधरीलाई ५३ सांसदले मत दिएका छन् । जुन यो प्रदेशसभाको बहुमत हो ।

यसैगरि उनको बिपक्षमा २९ मत पर्यो । राप्रपाका चार सांसदले भने मतदान गरेनन् । कुल ८७ सदस्यीय प्रदेशसभामा बहुमत संख्या ४४ हो । गत १४ गते मुख्यमन्त्री नियुक्त भएका चौधरीले १५ गते सपथ लिएका थिए ।

उनि संविधानको धारा १६८ (२) अन्तर्गत मुख्यमन्त्री नियुक्त भएका हुन् । गत पुस २७ गते माओवादी सहित दलहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त एमालेका लीला गिरीलाई दिएको समर्थन २५ सांसदले फिर्ता लिएपछि गिरीले गत ११ गते संसदमा बिश्वासको मत मागेका थिए ।

तर उनले बिश्वासको मत नपाएपछि प्रदेश प्रमुख अमिक शेरचनले १६८(२) अन्तर्गत नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

वर्तमान गठबन्धनमा ५३ सांसदको समर्थनमा चौधरी मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रकाशित मिति : २०८० बैशाख १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *