दाङ, बैशाख १५ । लुम्बिनी प्रदेशमा मन्त्रीमन्त्री डिल्लीबहादुर चौधरीसहित तीन बिना बिभागिय मन्त्रीहरुले सपथ लिएका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले बुटवलस्थित आफ्नो कार्यालयमा शुक्रबार मह्यान्ह तिर एक दिन अगाडि नियक्त भएका मुख्यमन्त्री चौधरीलाई सपथ खुवाएका हुन ।
प्रदेश प्रमुखले सपथ खुवाउँदा मुख्यमन्त्री चौधरीले इश्वरी नाममा नभइ जनताको नाममा सपथ खाएका थिए ।
त्यसपछि दाङको निर्वाचन क्षेत्र नं. ३ (२) मा माओबादी केन्द्रबाट निर्वाचित धनबहादुर मास्की, रुपेन्देहीको ३ (१) मा लोसपाका सञ्तोषकुमार पाण्डे र बर्दियाको २ (२) मा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका धर्मबहादुर चौधरीलाई सपथ खुवाइएको थियो ।
उनीहरु तीनै जनाले बिना विभागिय मन्त्रीको रुपमा सपथ खाएका हुन ।
शुक्रबार बिहान मात्रै सरकारमा पठाउने तीन जना विना विभागिय मन्त्रीको दलहरुले टुँगो लगाएका थिए ।
मुख्यमन्त्री चौधरी र मन्त्री मास्की गत मंसिर ४ गतेको निर्वाचनका क्रममा एकै निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । काँग्रेसले दाङको निर्वाचन क्षेत्र नं. ३ (१) मा मुख्यमन्त्री चौधरीलाई उम्मेदवार बाएको थियो भने माओबादीले ३ (२) मा मास्कीलाई उम्मेदवार बनाएको थियो ।