२०८३ बैशाख १६ गते बुधवार

बारा-२ मा जसपाका उपेन्द्र यादव निर्वाचित


बारा,बैशाख १३ । आइतबार सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बारा क्षेत्र- २ बाट जनता समाजवादी पार्टी (जसपा) का उमेदवार उपेन्द्र यादव निर्वाचित भएका छन्।

यादवले २८ हजार ४१५ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।

जनमत पार्टीका शिवचन्द्र कुशवाहले २३ हजार ३३४ मत प्राप्त गरेका छन्। कुशवाहभन्दा यादवले ५ हजार ८१ मत बढी पाएका छन्।

यसैगरी, नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले १० हजार २१६ मत ल्याइ तेस्रो स्थानमा छन्।

यस्तै, रास्वपाका रमेश खरेलले २ हजार ८२९ मत प्राप्त गर्दा आम जनता पार्टीका अरुण ज्ञवालीले २ हजार ७३८ मत प्राप्त गरेका छन्।

उक्त क्षेत्रमा ६९ हजार १०७ मत खसेको थियो भने ८३० मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचित यादवलाई मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले बधाई दिँदै प्रमाणपत्र प्रदान गरे। गत मङ्सिर ४ मा भएको निर्वाचनमा यादव सप्तरी २ बाट जनमत पार्टीका सिके राउतसँग हारेका थिए।

बारा २ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति भएपछि यो क्षेत्रमा उपनिर्वाचन भएको हो।

प्रकाशित मिति : २०८० बैशाख १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *