२०८३ बैशाख १६ गते बुधवार

नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

काठमाडौँ,बैशाख १२ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ।

संसद भवनमा सोमवारदेखि शुरु भएको बैठकमा आज पनि पार्टीका सांसदहरुले आगामी आर्थिक वर्षको बजेटसम्बन्धी छलफल र आफ्ना धारणा राख्नेछन्।

अर्थमन्त्री डा. प्रकाशशरण महत र पार्टी सभापति शेरबहादुर देउवाले आगामी आर्थिक वर्षको बजेट कस्तो ल्याउने भन्ने विषयमा पार्टीका सांसदहरुसँग राय मागेका थिए ।

सोही अनुसार आज पनि सांसदहरुले आफ्ना राय दिनेछन्। सांसदहरुले जनमुखी बजेट र योजना ल्याउन माग गरेका छन्।

प्रकाशित मिति : २०८० बैशाख १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *