२०८३ बैशाख ६ गते आइतवार

नयाँ वर्षमा राप्ती शान्ति उद्यानमा १२ हजार बढी पर्यटक भित्रिए

तुलसीपुर,बैशाख २ । शुक्रवार बैशाख १ गते । नयाँ वर्ष २०८० सालको पहिलो दिन । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ स्थित राप्ती शान्ति उद्यानमा पर्यटक सङ्ख्या थामि सक्नु थिएन ।

त्यहाँ आन्तरिक मात्र होइन बाह्य पर्यटकको पनि उपस्थिती देखिन्थ्यो । नयाँ वर्ष मनाउन दाङ जिल्ला लगाएत सल्यान,रोल्पा रुकुम,प्युठान,सुर्खेत लगाएत विभिन्न जिल्लाबाट परिवार सहित पर्यटकहरु आएका थिए । अन्य जिल्लाबाट पिकनिकको लागि आउनेको संख्या पनि बाक्लो थियो ।

शान्ति उद्यानमा पुगेका अधिकांश पर्यटकहरु टिकटक बनाउन,फोटो खिच्नमै व्यस्त थिए । केही पर्यटकहरु भने र्पाक भित्र निमार्ण गरिएका संरचना अवलोकन गर्न,पिकनिकमा नाचँगानमै व्यस्त थिए ।

शान्ति उद्यानको मनोरम,मनमोहक दृश्य र सफा वातावरण कै कारण पर्यटकहरु धेरै मात्रामा आउने गरेको राप्ती शान्ति उद्यानका अध्यक्ष डिल्ली भण्डारीले बताए ।

‘राप्ती शान्ति उद्यानका लागि आज निकै महत्वपुर्ण दिन हो,नयाँ वर्षको दिन गत वर्ष ७ हजार पर्यटकहरुलाई अवलोकन गराउन सफल भएका थियौं,अध्यक्ष भण्डारीले भने,यस वर्ष १२ हजार बढी पर्यटकलाई भित्र्याउन सफल भयौ छौं ।’

दाङ जिल्लाको महत्वपुर्ण स्थानमा रहेको यो अहिले जिल्लाकै सम्पत्तीको रुपमा अघि बढीरहेको अध्यक्ष भण्डारीले बताए ।

‘सानो सामुदायीक बनले स्थापना गरेको पर्यटकीय स्थललाई अहिले नेपालभर चिनाउन सफल भएको उनले बताए ।

‘सामुदायीक बनमा बोट बिरुवाहरु काटेर,घाँस दाउराहरु बेचेर मात्र आर्यआर्जन गर्न सकिन्न,भण्डारीले भने,यहाँ भएका बोट बिरुवाहरुलाई जोगाएर,सुन्दरता दिएर पनि आर्यआर्जन गर्न सकिने रैछन भन्ने देशभरी सन्देश दिन लागि परेका छौं ।’

राप्ती शान्ति उद्यानलाई नेपालकै नमुना पर्यटकीय स्थल बनाउन जुन उद्देश्यले लागि रहेका छौं,त्यो उद्देश्य प्राप्त गर्न सफल भएको महसुस गरेको बताए ।

‘पर्यटकको उल्लेखनीय आगमनले हामी एकदमै हर्षित छौं,उनले भने,यसलाई हामीले एउटा पर्वको रुपमा लिएका छौं । ’ शान्ति उद्यानमा प्रत्येक वषए नयाँ नयाँ संरचनाहरु निमार्ण गरिरहेको हुनाले पनि पर्यटकहरुको आकर्षण बढ्दो क्रममा रहेको बताए ।

शान्तिको अग्रदुत भगवान गौतम बुद्धको मुर्ती स्थापना गरिसकेपछि नगन्य रुपमा पर्यटकहरुको संख्या बढेको अध्यक्ष भण्डारीले बताए ।

प्रकाशित मिति : २०८० बैशाख २ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *