२०८३ बैशाख ६ गते आइतवार

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउँछुः चन्द्रप्रसाद ढकाल

काठमाडौँ ,चैत ३० । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई जनताले हेर्ने दृष्टिकोण सकारात्मक बनाउने बताएका छन्।

बिहीवार महासंघको अध्यक्षको शपथग्रहण पश्चात अध्यक्ष ढकालले आफ्नो कार्यकालमा मुख्य ५ कामलाई पाथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए। उनले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्ने काम शुरु भएको भन्दै केही दिनमा यसको नतिजा देखिने बताए।

उनले जिल्ला नगरबाट आएको यस्ता मागहरु तत्काल समाधान गर्ने पनि बताए। उनले पछिल्लो समय कोरोना महामारीलगायत अन्य बाह्य कारणले गुमेको रोजगारी बढाउन, राज्यको नीति व्यवसायीमैत्री बनाउन पहल गर्ने बताए।

उनले महासंघमा नेतृत्वलाई गाली गर्नुभन्दा पनि सबैबीच सहकार्य गर्न आवश्यक रहेको बताए। अध्यक्ष ढकालले वैदेशिक लगानी ल्याउन नीति सुधार गर्न पहल गर्ने प्रतिबद्धता जनाए। उनले महासंघको आफ्नो कार्यकालमा केही न केही सुधार गर्ने बताए। उनले चुनावसम्म पक्ष–विपक्ष भएपनि अब सबै एक भएर महासंघलाई सुुधार गर्ने बताए।

अध्यक्ष ढकालले वरिष्ठ उपाध्यक्षमा सर्वसहमतिका लागि ठूलो छाती गरेको भन्दै ढकालले अर्का प्रत्यासी उमेशलाल श्रेष्ठको प्रशंसा गरे । उनले निजी क्षेत्रले अन्तिमसम्म प्रयास गरेर सर्वसम्मत वरिष्ठ उपाध्यक्ष चयन गरेको भन्दै यसले निजी क्षेत्रले चाहदा गर्नसक्ने उदाहरण बनेको बताए।

महासंघको विधानअनुसार ढकाल स्वतः अध्यक्ष चयन भएका हुन्। उनले आजै महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। अध्यक्षलाई पद तथा गोपनीयताको शपथपश्चात निवर्तमान अध्यक्ष गोल्छाले अध्यक्ष ढकालले जनाएका ५ प्रतिबद्धता कार्यान्वयन गर्न साथमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : २०७९ चैत्र ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *