घोराही , चैत २६ । नेपाली काग्रेसका महामन्त्री गगन थापाले वर्तमान गठवन्धन सरकारले अरुलाई दोष थुपार्ने र काममा ढिलासुस्ती गर्ने छुट नभएको बताएका छ्न ।
नेपाली काँग्रेस दाङको प्रथम जिल्ला सम्मेलनलाई आइतबार घोराहीमा सम्बोधन गर्दै महामन्त्री थापाले केन्द्रदेखि स्थानीय तहसम्म वर्तमान गठवन्धनकै सरकारहरु रहेकाले अरुहरुलाई दोषारोपण गर्ने र काममा कञ्जुस्याइँ गर्ने छुट नरहेको बताएका हुन ।
३५ वर्ष पछि देशको आर्थिक अवस्थामा संकट देखा परेको, नागरिकहरुमा निराशा छाएको भन्दै महामन्त्री थापाले पाँच वर्षमा गर्नुपर्ने काम पाँच महिनामा अहिलेको सरकारले गर्नु पर्ने वाध्यता आएको हुँदा सोही अनुरुप काम गर्न जरुरी रहेको पूर्व मन्त्रीसमेत रहेका थापाले बताए ।
प्रतिकुलतालाई अनुकुलतामा ढालेर काम गर्नु पर्ने बताउँदै उनले सोही कुरा आँफुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शनिवारको भेटमा सजग तुल्याएको बताए ।
पार्टीको नीति बिधि सिद्धान्त भन्दापनि केही व्यक्ति र उनीहरुको कामका कारण नेपाली काग्रेसमाथि टिका टिप्पणी हुने गरेको भन्दै महामन्त्री थापाले पार्टीलाई अब नयाँ शिराबाट लैजाने जरुरी रहेको बताए ।
पार्टीलाई २००७ सालको क्रान्किारी चेत, १५ सालको जस्तो काम, २०४८ सालको जस्तो लोकप्रिय बनाउँदै २१औँ सताब्दीको आधुनिक पार्टी निमार्ण गर्ने सबै लाग्नु पर्ने उनलेका धारणा थियो ।
काग्रेसले पार्टीको बिधानमा व्यवस्था भए बमोजिम वडादेखि जिल्लासम्म पार्टीको सम्मेलन गर्ने र बार्षिक समिक्षा र आगामी बर्षको कार्ययोजना निमार्ण गर्ने कार्यतालिका अनुसार कार्यक्रम गर्दै आएको छ ।
पार्टीले दाङ जिल्लाका १ सय वडा मध्ये ८६ वडा, १० पालिका ३ क्षेत्र र जिल्ला सम्मेलन सम्पन्न गरेको जिल्ला सभापति शंकरप्रसाद डाँगीले जानकारी दिए ।
तस्बिर : शरद रेग्मी ।