२०८१ मङ्सिर १७ गते सोमवार

उपनिर्वाचन ः भोलिदेखि आचारसंहिता लागू हुने

काठमाडौं,चैत २३ । उपचुनावका लागि शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ ।

निर्वाचन आयोगले शुक्रबारदेखि चुनाव सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू गर्ने निर्णय गरेको छ । तनहुँ १, चितवन २ र बारा २ मा १० वैशाखमा उपचुनाव हुँदैछ ।

उपचुनावका लागि उम्मेदवारी मनोनयन भई उम्मेदवारको नामावलीसमेत सार्वजनिक भइसकेको छ । आयोगले आचारसंहिता लागू हुने क्षेत्र र व्यक्तिबारे जानकारी दिएको छ ।

सरकारका मन्त्रीदेखि वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदारसम्मलाई आचारसंहिता लागू हुने जनाएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *