२०८२ चैत्र ३० गते सोमवार

परिणाममूखी काम गर्न नसक्ने मन्त्रीलाई पाँच महिनामा फिर्ता बोलाउँछौँः गगन थापा


कुमार श्रेष्ठ ,नेपालगन्ज,चैत १८ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बर्खासम्ममा परिणाम दिन नसक्ने मन्त्रीलाई फिर्ता गरिने बताएका छन्।

नेपाली कांग्रेस, बाँकेले शनिबार नेपालगञ्जमा आयोजना गरेको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै महामन्त्री थापाले परिणाममूखी काम गर्न नसक्ने मन्त्री पाँच महिनामा घर फर्किने बताए।

महामन्त्री थापाले २०८४ सालको चुनाव नेपाली कांग्रेस एक्लै चुनाव लड्ने बताए। उनले गएको चुनावमा पनि आफूले एक्लै जानुपर्छ भनेर भने पनि सफल नभएको स्मरण गराउँदै आगामी चुनावमा जुनसुकै हालतमा नेपाली कांग्रेस एक्लै चुनावमा जाने दोहोर्‍याए।

पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका थापाले जघन्य अपराध, स्वेच्छाचारी हत्या गरेका व्यक्तिले मुक्ति पाउने गरी संसदले कुनै कानुन नबनाउने बताए।

सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य मैकुलाल वाल्मिकी र लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले गुटबन्दीले गर्दा कांग्रेस कमजोर रहेको बताएका थिए।

कांग्रेस जिल्ला सभापति नारायण गौडेलको अध्यक्षतामा भएको सम्मेलनमा सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, वार्षिक नीति तथा कार्यक्रमको प्रस्तुतीकरणसँगै प्रजातन्त्र सेनानी, पूर्व पार्टी सभापति, उत्कृष्ट वडा सभापति, महिला वडा सभापति, शहीद परिवार तथा जनआन्दोलन र द्वन्द्वका घाइतेलाई सम्मान गरिएको थियो।

प्रकाशित मिति : २०७९ चैत्र १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *