२०८२ असार १ गते सोमवार

उपनिर्वाचन : एमालेले आज उमेदवार टुंगो लगाउने


काठमाडौंं ,चैत १८ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आसन्न उपनिर्वाचनका लागि आज उमेदवारको टुंगो लगाउने भएको छ ।

पार्टीको सचिवालय बैठक बसेर उमेदवार टुंगो लगाइने उपमहासचिव विष्णु रिमालले जानकारी दिएका छन् ।

उनका अनुसार शुक्रबारसम्म जिल्लाबाट आकांक्षीहरूको नाम सिफारिस भएको र आज बैठक बसेर उपनिर्वाचन हुन लागेका तीनै क्षेत्रमा उमेदवार तय गरिनेछ ।

बारा क्षेत्र नम्बर–२, चितवन–२ र तनहुँ–१ मा आउँदो वैशाख १० गते उपनिर्वाचन हुँदै छ ।

त्यसका लागि यही चैत २० गते उमेदवारको मनोनयनपत्र दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

प्रकाशित मिति : २०७९ चैत्र १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *