तुलसीपुर चैत १६ । तुलसीपुर उपमहानगरपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीलाई स्वागत गरिएको छ ।
बिहिवार एक कार्यक्रम आयोजना गरेर कार्यवाहक नगरप्रमुख मानबहादुर रावतसहित जनप्रतिनिधि,कर्मचारीहरुले स्वागत गरेका हुन । उपमहानगरपालिकामा सह–सचिवको दरबन्दी भएता पनि यस अघि उपसचिवबाट नै पालिकाका प्रशासनिक कार्यहरु सम्पादन हुँदै आएका थिए ।
यसपटक भने सामान्य प्रशासन मन्त्रालयले दरबन्दी अनुसार नै सहसचिवको सरुवा गरेको हो । त्यस्तै प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्य सम्हाल्दै आएका मोहन पौडेलको सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ ।
उनलाई फेरि भेटौला कार्यक्रम आयोजना गरेर बिदाई गरिएको हो ।
सुशासन समितिका संयोजक धर्मराज वलीको अध्यक्षता एवम कार्यवाहक नगरप्रमुख मानबहादुर रावतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कार्यवाहक नगरप्रमुख मानबहादुर रावतले कार्य सम्पादनमा महत्वपूर्ण सहयोग साथ प्राप्त भएको भन्दै बिदाई भएर जान थाल्नुभएका मोहन पौडेललाई धन्यवाद ज्ञापन गरेका थिए ।
साथै पालिकाले प्रदान गर्ने सेवा प्रवाहमा उदाहरणीय कार्य सम्पादन नयाँ प्रमुख प्रशासकीय अधिकृतबाट अपेक्षा लिएको बताए ।
कार्यक्रममा नगरप्रवक्ता माधव वली, नयाँ सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीलाई बिदाई भएर जान थालेका मोहन पौडेल लगाएतकाले मन्तव्य व्यक्त गेका हुन ।