२०८२ चैत्र ३० गते सोमवार

राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा पूर्वमन्त्री थापा नियुक्त

काठमाण्डौ,चैत १६ । नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापा राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकार नियुक्त भएका छन्।

पूर्वआपूर्तिमन्त्रीसमेत रहेका उनलाई राष्ट्रपति पौडेलले बिहीबार राजनीतिक सल्लाहकारमा नियुक्त गरेका हुन्।

कांग्रेस केन्द्रीय सदस्य थापाले आफूलाई शीतलनिवासले राजनीतिक सल्लाहकारको पत्र दिएको पुष्टि गरेका छन्।

राष्ट्रपति पौडेलले बिहीबार नै पूर्वगभर्नर चिरञ्जीवी नेपाललाई आर्थिक विज्ञमा र पूर्वमहान्यायाधीवक्ता बाबुराम कुँवरलाई कानुनविज्ञमा नियुक्त गरेका छन्।

उनी २०७४ जेठमा बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारमा वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए।

उनी २०७४ र गत मंसिरमा भएको स‌ंसदीय निर्वाचनमा धनकुटा क्षेत्र नेकपा एमालेका राजेन्द्रकुमार राईसँग पराजित भएका थिए।

थापाले लामो समय संयुक्त राष्ट्रसंघ अन्तर्गत विभिन्न देशमा काम गरेका थिए। उनी सन् २०११ मा शरणार्थी सम्बन्धि राष्ट्रसंघीय उच्च आयोगको सुडान कार्यालयमा कार्यरत रहेका बेला राजीनामा गरी राजनीतिमा आएका हुन्।

त्यसपछि उनी राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। थापा २०७७ सालमा नेपाली कांग्रेसमा प्रवेश गरर सह-महामन्त्री बनेका थिए। उनी पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन्।

प्रकाशित मिति : २०७९ चैत्र १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *