२०८३ बैशाख १६ गते बुधवार

युवा संघ दाङको अध्यक्षमा विवेक योगी

दाङ ,चैत ९ । एमाले निकट राष्ट्रिय युवा संघ दाङको अध्यक्षमा विवेक योगी निर्वाचित भएका छन् ।

बुधबार भएको १०औँ अधिवेशनबाट योगी निर्विरोध निर्वाचित भएका हुन् ।

अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेपनि बिहीबार अबेर राति अरू चार जनाले उम्मेदवारी फिर्ता लिएपछि योगी निर्विरोध निर्वाचित भएको एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले जानकारी दिए ।

त्यसैगरि सघको उपाध्यक्षमा मोहन पुन, सचिवमा ऋषिराज भुसाल, सहसचिवमा सम्राट भण्डारी, महिला सहसचिवमा श्रीदेवी थारु र कोषाध्यक्षमा जावेद अन्सारी सहित ७५ सदस्यीय कमिटी निर्विरोध निर्वाचित भएको छ ।

 

प्रकाशित मिति : २०७९ चैत्र ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *