२०८३ बैशाख २ गते बुधवार

लागुऔषध ब्राउनसुगरसहित पाँच जना पक्राउ

दाङ, चैत ८ । दाङमा लागुऔषध ब्राउन सुगरसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूलाई ९.२३० ग्रामसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एवं प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए  ।

प्रहरी नायव उपरिक्षक गौतमका अनुसार पक्राउ पर्नेहरूमा गढवा गाउँपालिका–४ अजगढवा निवासी ३५ बर्षीय सद्दाम मनिहार, वडा नं. २ निवासी २५ बर्षीय मनोज चौधरी, वडा नं. ४ निवासी २४ वर्षिय अनिल पछाई, वडा नं. ४ निवासी २७ बर्षीय प्रदीप चौधरी र घोराही उपमहानगरपालिका– १५ निवासी १९ बर्षीय त्रिशक्ति बर्तौँला रहेका छन् ।

गढवा गाउँपालिका–४ पर्सास्थीत खाली घरमा मंगलवार राती लागुऔषध बसिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गढवाकी प्रहरी निरीक्षक नविन ओलीको नेतृत्वमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २०७९ चैत्र ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *