२०८० चैत्र १६ गते शुक्रवार

स्ववियु निर्वाचन ः महेन्द्र बहुमुखी क्याम्पसमा मतदान जारी

तुलसीपुर,चैत ८ । दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको लागि मतदान जारी छ ।

बुधबार बिहान ८ बजेदेखि सुरु मतदान शान्तिपूर्ण ढंगले चलिरहेको छ । मतदान अपराह्न ४ बजेसम्म चल्ने निर्वाचन अधिकृत कुलबीर चौधरीले जानकारी दिए ।

क्याम्पसमा ५ हजार ९ सय ४० मतदाता छन् । निर्वाचनका लागि क्याम्पसमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

यसअघि अखिल (क्रान्तिकारी) विप्लवले क्याम्पसमा तालाबन्दी गरेपछि ५ चैतमा हुने भनिएको निर्वाचन स्थगित भएको थियो ।

क्याम्पस प्रशासनले अनाधिकृत रुपमा खाली परिचयपत्र क्याम्पसको छाप लगाएर वितरण गरेको भन्दै विप्लवका कार्यकर्ताहरुले तालाबन्दी गरेका थिए ।

प्रकाशित मिति : २०७९ चैत्र ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *