२०८१ बैशाख ८ गते शनिवार

राप्ती बबई क्याम्पसमा स्ववियु निर्वाचन पुनःस्थगित

तुलसीपुर,चैत ७ । दाङको तुलसीपुरस्थित राप्ती बबई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पुनः स्थगित भएको छ। अर्को सूचना जारी नहुँदासम्मका लागि निर्वाचन स्थगित गरिएको जनाइएको छ।

आइतबार निर्धारित मितिअनुसार मतदान भइरहेको थियो। मतदान चलिरहेकै वेला दिउँसो एउटै व्यक्तिसँग धेरै परिचयपत्र भेटिएपछि अनेरास्ववियुले विरोध जनाएको थियो। दिउँसो करिब २ बजेदेखि मतदान कार्य अवरुद्ध भएको थियो ।

निर्देशिका अनुसार स्थगित भएको क्याम्पसमा ५ चैतबाट ३० दिनभित्र निर्वाचन गराउनुपर्ने हुन्छ ।

सोहीअनुसार अर्को मिति तय हुन सक्ने अनुमान गरिएको छ। दिउँसोसम्म पाँच सय ३३ मत खसेको थियो। अब त्यो सबै मत बदर गरिने छ।

क्याम्पसमा दुई हजार चार सय ३३ मतदाता थिए।

यसैबिच  विभिन्न विवादका कारण  निर्वाचन स्थगित भएपछि निर्वाचन अधिकृत टेकन कंडेलले राजिनामा दिएका छन ।

प्रकाशित मिति : २०७९ चैत्र ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *