२०८१ बैशाख १४ गते शुक्रवार

वैशाख १० मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान

काठमाडौँ, चैत ७ । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।

विभिन्न कारणले रिक्त भएका प्रतिनिधि सभा सदस्य पदका लागि हुन लागेको उपनिर्वाचनका लागि आयोगले मङ्गलवार सूचना जारी गर्दै दल दर्ताको आह्वान गरेको हो ।

आयोगले चैत ७ गते देखि १२ गतेसम्म दल दर्ताको मिति तोकेको छ ।

आगामी वैशाख १० गते, तनहुँ १, बारा २ र चितवन २ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुने भएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *