२०८३ बैशाख २ गते बुधवार

स्ववियु निर्वाचन : राप्ती बबई क्याम्पसमा मतदान सुरु (तस्बिरहरु)

सुरक्षा ब्यबस्था कडा

तुलसीपुर,चैत ७ । राप्ती बबई क्याम्पस तुलसीपुरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि मतदान सुरु भएको छ ।

मंगलबार बिहान ८:३० बजे देखि मतदान सुरु मतदान अपह्रान्न ४ बजे सम्म चल्ने निर्वाचन अधिकृत टेकन प्रसाद कंडेलले जानकारी दिए ।

निर्वाचनमा काग्रेस निकट नेविसंघ र माओवादी निकट अखिल क्रान्तिकारीको गठबन्धन रहेको छ भने एमालेनिकट अनेरास्ववियु र अखिल क्रान्तिकारी बिप्लप समुहको गठबन्धन रहेको छ ।

राप्ती बबई क्याम्पसमा कुल २ हजार ४ सय ३३ विद्यार्थी मतदाता छन । त्यस मध्य १ हजार ६ सय १५ जना छात्रा छन भने ८ सय १८ जना छात्र रहेको निर्वाचन अधिकृत कंडेलले जानकारी दिए ।

मदतान स्थलमा सुरक्षा ब्यबस्था कडा पारिएको छ ।

 

 

 

 

प्रकाशित मिति : २०७९ चैत्र ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *