२०८२ चैत्र ३० गते सोमवार

प्रधानमन्त्री प्रचण्डले मागे एमाले र राप्रपासँग विश्वासको मत

काठमाडौं, चैत ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र राप्रपासँग पनि विश्वासको मत मागेका छन्।

आज प्रतिनिधि सभा बैठकमा विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्ने क्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले एमाले र राप्रपासँग पनि विश्वासको मत मागेका हुन्।

‘म सिंगो सदनलाई, विशेष गरी एमाले र राप्रपालाई आफ्नो निर्णयमा पुनर्विचार गर्न राष्ट्रिय सहमतिका लागि सरकारलाई विश्वासको मत दिन आग्रह गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘स्थायित्व र एकताको पक्षमा सिंगो सदन उभिने विश्वास छ।’

नेकपा एमाले र राप्रपाले प्रतिपक्षमा बस्ने बताइरहेका छन्।

प्रधानमन्त्रीलाई नेपाली कांग्रेससहित ११ दलले विश्वासको मत दिने बताएका छन्।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिका लागि पनि एमाले र राप्रपाबाट विश्वासको मत दिन आग्रह गरेका छन्। प्रतिनिधि सभामा एमालेका ७९ र राप्रपाका १४ सांसद छन्।

प्रकाशित मिति : २०७९ चैत्र ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *