२०८३ बैशाख ६ गते आइतवार

नवनिर्वाचित उपराष्ट्रपति यादवले लिए शपथ

काठमाडौँ,चैत ६ । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

आज बिहान राष्ट्रपति भवन शीतलनिवासमा आयोजना गरिएको विशेष कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपराष्ट्रपति यादवले शपथ लिएका हुन्।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो।

यादव यही चैत ३ मा उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए। निर्वाचनमा यादवले ३० हजार ३२८ मतभार प्राप्त गरेका थिए।

निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ४ मा सकिएको छ। उनको आजै बिदाइ गरिएको छ।

 

प्रकाशित मिति : २०७९ चैत्र ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *